हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कचनकवलबाट २ लाख बरावरको १२ बोरा सुर्ती सशस्त्रको नियन्त्रणमा

कचनकवल। सशस्त्रले कचनकवलबाट अवैध १२ बोरा सुर्ती बरामद गरेको छ। भारतबाट अवैध रुपमा बनियानी ल्याई धरान जाने यात्रुवाहक बसमा हालिएको सुर्तीजन्य वस्तु सशस्त्र प्रहरीले बनियानीबाट बरामद गरेको छ।

Advertisement

कचनकवलको बनियानीस्थित बस बिसौनीबाट धरान जाने बुलेट नामक रातो बसमा बिहान करिबसाढे ५ बजे बस चेकजाँचका क्रममा सुर्तीजन्य वस्तु बरामद गरिएको हो।

Advertisement

बगानबाट आउँदै गरेको यात्रुवाहक बुलेट बसमा विशेष सुराकीको आधारमा चेकजाँच गर्दा सशस्त्र प्रहरीले अवैध रुपमा बेवारिसे १२ बोरा करिब २ लाख बरावरको सुर्तीजन्य सामान बरामद गरेको हो।

भारतबाट अवैध रुपमा ल्याइएको बादशाह सुर्ती बरामद गरेको र गाडीमा बेवारिसे अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल पाठामारीका सशस्त्र प्रहरी सहायक निरीक्षक सुवास राजवंशीले बताए।

बरामद गरिएको सुर्ती नियन्त्रणमा लिई मुचुल्का तयार गरेर आन्तरिक राजस्व कार्यालय भद्रपुरमा पठाइएको सशस्त्र प्रहरी बल पाठामारीले जनाएको छ। तस्वीर-रत्न बुढाथोकी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)