हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एनआरएनए सचिव खगेन्द्र न्यौपानेद्वारा आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनमा हालका सफल आइसिसी सचिव खगेन्द्र न्यौपानेले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन।

Advertisement

हालै एनआरएनए मलेसियामा आयोजित एनआरएनए मलेसियाको अधिवेशन सफलतापूर्वक सपन्न गरे पश्चात न्यौपानेले आफू उपाध्यक्षमा अघि बढ्ने निर्णय गरेको जानकारी गराए।

Advertisement

उनले एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए अभियन्ताबाट आएको सल्लाह र सुझावका आधारमा आफूले संस्थाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र छिट्टै एक सार्वजनिक कार्यक्रम गरेर आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गर्ने बताए।

न्यौपानेले मध्यपूर्व, मलेसिया, कोरिया, युरोपलगायत देशका लाखौं नेपालीको मुद्दा उठाउन, समस्या समाधान, रेमिट्यान्सको सही प्रयोग गराउन, नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्न लगायतका कार्य आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन।

हाल गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरू अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीय नेपाली वञ्चित भएको अवस्था रहेकाले योजनाबद्ध रूपमा त्यसको सम्बोधन गर्नुपर्ने बताए।

न्यौपानले  एनआरएनए धेरै ठूलो संस्था भएकाले नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि  आफ्नो एजेण्डा बनाएका छन। उनले विदेशमा बस्ने नेपालीका प्रमुख समस्यामा सबै एकत्रित भएर संस्थालाई एक र मजबुत बनाएर अगाडि बढाउनपर्ने  बताएका छन।

न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसिसी सदस्य, अध्यक्ष, एशिया प्याशिफिक सह संयोजक हुँदै हाल सचिव छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)