हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भद्रपुर ७ ले सार्वजनिक गर्र्यो वार्षिक प्रगति विवरण

भद्रपुर । भद्रपुर ७ नंम्बर वडा कार्यालयले आर्थिक वर्ष.२०७९÷८० को वार्षिक प्रगति विवरण तथा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

Advertisement

वडाध्यक्ष अभिषेक ढुङ्गानाले आफूले पदभार ग्रहण गरेको १४ महिने अवधिमा भए गरिएको भौतिक पूर्वाधार विकासका काम, मानव विकास, सामाजिक उत्तरदायित्व, कृषि, स्वास्थ्य संरक्षण लगायत उन्नति प्रगति विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षका नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन् ।

Advertisement

वडाको समृद्धिका लागि पूर्वाधार विकास अन्र्तगत सडक निर्माण, विद्यालय स्तरीकरण, सामाजिक विकास अन्र्तगत महिला, दलित, लक्षित वर्ग, सिमान्तकृत समुदायको संरक्षण, बालबालिका, युवा तथा जेष्ठ नागरिक लक्षित कार्यक्रम, मठमन्दिर, घाट व्यवस्थापन, स्वास्थ्य सुरक्षा लगायतको उपलब्धि सार्वजनिक गर्दै वडाध्यक्ष ढुंङ्गानाले वडाबासी समक्ष ४ वर्ष निरन्तर समृद्धिका लागि निस्वार्थ लागिरहने प्रतिबद्धता जनाएका छन् ।

ढुंङ्गनाले पूर्वाधार विकास अन्र्तगत वडास्तरीय योजनाका १३ योजनामा ४७ लाख ८० हजार खर्च विवरण प्रस्तुत गरेका थिए भने चालु आर्थिक वर्षमा ६६ लाखको वडास्तरीय योजना अगाडि सारेका छन् । वडाध्यक्षले यस्तै नगर स्तरीय योजनामा एक करोडका पूर्वाधार विकास अगाडि सारेका छन् भने संघ र प्रदेश सरकारकार गरी दश करोडका पूर्वाधार विकास योजना वडामा समेटिएको जानकारी गराएका थिए ।

वडाध्यक्ष ढुंगानाको अध्यक्षता तथा जेष्ठ नागरिक गोपाल भूर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ७ का उत्कृष्ट व्यक्तित्व अन्र्तगत अग्रज पत्रकार कृष्ण दाहाल, एथलेटिक्सका पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी कुमार श्रेष्ठ, विजयालक्ष्मी श्रेष्ठ, उसुका रविन श्रेष्ठ, नाट्य क्षेत्रका फणिन्द्र पोखरेल, गायनकी पवित्रा वली लेखक तथा कवि महेन्द्र कोइराला उत्कृष्ट कृषक लगायतलाई सम्मान समेत गरिएको थियो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)