कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

व्यङ्ग्य कविता : को चोर !

व्यङ्ग्य कविता : को चोर !

Advertisement

हिजो भत्काइ दियौं स्कुल
भाँचि दियौ पेन्सिल कलम
किताब कपि भएभरका सारा
च्याति दियौ जलाइ दियौ सारा!

Advertisement

बुर्जुवा शिक्षा बहिष्कार गर्न भन्यौं
युद्ध गर्न चारतिर खाल्डो नै खन्यौ
मन्दिरका पुजारीहरुलाई हामीले नै
सनै बाजा गाजा बजाउनलाई भन्यौ!

बिरामीको उपचार गर्न विदेश गयौं
पहेले जण्डिस रोगले बिरामी भयौं
उपचार गर्न भनेर विदेशतिर नै गयौं
पहेले रोगलागेर सुनले पहेलपुर भयौं!

पकड्न खोज्छु भ्रष्टाचारी तस्करी
चिनेकोछु उसलाई मैले राम्रोसँग नै
उ चोर भनेर एउटा औंलाले देखायो
चार वटा औंला आफूतिर फर्किने सारा!

चिनको छु भेटेको छु चोरलाई मैले राम्रोसँग
सुन तस्कर पकड्नलाई गाह्रो भो त्यही भर
हिजो अस्ति नै पकड्न सक्थे मैले त्यही बेला
तस्करलाई पकड्न गाह्रो पर्‍यो चार औंला भर!

सुन खाने देखि नुन खाने जति चिनेकोछु सारा
उनको कोट खोल्दा आफूलाई पनि लाग्छ चोट
कपडा खोलेर हेर्दा आफ्नै जिउँभरीछन् चोटैचोट
त्यसैले सुनकै पहेला बस्त्र लगाएका बाहरुले होस्!

हिजो निरङ्कुश व्यवस्थामा रानोले गर्थे मुर्ति चोरी
तिनका भजन मण्डलीहरुले फुर्ती गर्थे सुर्ती चोरी
आज गणतन्त्रका रानोहरुको कुरा गरि साध्य नै छैनन्
सुन देखि नुन सम्म भएभरकै चोरी कस्लाई भनौं को चोर !

राजकुमार कार्की

मेचिनगर-१५, झापा

धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article