हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी गाउँपालिकाद्धारा आय व्यय सार्वजनिक (विवरण सहित)

हल्दिबारी, २१ श्रावण । झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक बर्ष बर्ष २०७९/०८० को आय व्यय विवरण सार्वजनिक गरेको छ । पालिकाले सार्वजनिक गरेको विवरण अनुसार आब २०७९/०८०को अबधिमा जम्मा वास्तविक आय ४३ करोड २५ लाख ५२ हजार ४ सय २८ रूपैयाँ ११ पैसा रहेको छ ।

Advertisement

जसमध्ये संघीय सरकारबाट ३२ करोड ४३ लाख १४ हजार ८ सय २५ रूपैयाँ ३० पैसा, प्रदेश सरकारबाट २ करोड ८ लाख २१ हजार २ सय ६२ रूपैयाँ १६ पैसा, राजस्व बाडफाँडबाट ५ करोड ६४ लाख ९५ हजार ४ सय १३ रूपैयाँ २७ पैसा र आन्तरिक स्रोतबाट ३ करोड ९ लाख २० हजार ९ सय २७ रूपैयाँ ३८ पैसा आम्दानी भएको बिबवरण पालिकाले सार्वजनिक गरेको छ ।

Advertisement

त्यसैगरी खर्च तर्फ पालिकाले जम्मा ४३ करोड ९७ लाख ४६ हजार ६ सय ७६ रूपैयाँ ७१ पैसा खर्च गरेको छ। चालू खर्चतर्फ २८ करोड १० लाख ४९ हजार ९ सय ७४ रूपैयाँ ७१ पैसा र पुँजीगततर्फ १५ करोड ८६ लाख ९६ हजार ७ सय २ रूपैयाँ खर्च गरेको जनाएको छ। पालिकाको सहिछापसहित सार्वजनिक गरिएको आयव्यय विवरणमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको हस्ताक्षरसमेत रहेको छ ।

पालिकाले सार्वजनिक गरेको यस्तो छ पूरा बिबरण

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)