हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भद्रपुरका सापकोटाले आर्थिक अभावमा उपचार गर्न नसकेपछि सहयोगका लागि अपील गरे

द्रोण अधिकारी /भद्रपुर । भद्रपुर ७ का ६१ वर्षीय भिष्मप्रसाद सापकोटालाई ५ महिनायता भोक निन्द्रा हराएर पीडाले सहन नसक्ने अवस्था आएको छ ।

Advertisement

उनकी ५३ वर्षीया श्रीमती अनुपा सापकोटा २०७९ चैत्रदेखि उच्च रक्तचापका कारण पक्षघात भएर थलापरेपछि आर्थिक अभावले राम्ररी उपचार गर्न नपाएर पीडित भएका हुन् ।

Advertisement

१६ धुर जग्गामा एक तले टिनको घर भएका सापकोटा आर्थिक अवस्था कमजोर भएकै कारण श्रीमती अनुपाको उपचारमा विभिन्न अस्पतालमा पुग्दा ऋण लिएर ४ लाख हाराहारी खर्च गरिसकेको बताउँछन् ।

५ महिनायता ओछ्यानमा थला पर्न बाध्य भएकी अनुपाको उपचारका लागि अब ५ लाख खर्च हुने अनुमान विशेषज्ञ डाक्टरहरूले गरेको सापकोटाको भनाइ छ ।
श्रीमती विरामी नहुञ्जेलसम्म भद्रपुरको एक निजी उद्योगमा सुरक्षा गार्डको जिम्मेवारी सम्हाले परिवार धानीरहेका उनी घरमा रेखदेख गर्ने मान्छे नभएपछि जागिर छोडेर विरामीको सेवा गरिरहेको बताउँछन् ।

उनको एक मात्र सन्तानका रूपमा रहेको छोरो अरूण केही दिन अगाडि मात्र खेल शिक्षकका रूपमा ताप्लेजुङ्गमा जागिर पाए पनि उपचार खर्च जुटाउन सक्ने अवस्थामा नरहेको दुखेसो गर्छन् ।
राम्ररी बोल्न पनि नसक्ने शरीरको एक पाटो नचल्ने अवस्थाकी श्रीमतीलाई दैनिक एक वर्ष जति थेरापी गराउनु पर्ने डाक्टरको सल्लाह रहेको बताउँदै सापकोटाले त्यसका लागि दैनिक पाच सय खर्च लाग्ने भएपछि रकम अभावमा घरमै राख्नु परेको दुःख पोख्छन् ।

उनले कोही मनकारी सहयोगी दाता भए छोरो अरूणको नाममा रहेको एन आई सी एसिया बैंकको खाता नं ००९५७५१६४०३५३००१ सहयोग गरी उपचारको वातावरण निर्माण गरिदिन अनुरोध समेत गरेका छन् ।

भद्रपुर ७ नम्वर वडा कार्यालयले विपन्नता पहिचान गरी सिफारिस गरिदिएको कारण १७ हजार आर्थिक सहयोग पाएर अस्पतालसम्म पुगे पनि नियमित उपचारका लागि रकम अभावले घरमै थन्कनु परेको सापकोटाको भनाइ छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)