हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

श्रीमानकाे असहयाेगका कारण हल्दिबारीकी सरस्वतीकाे क्यान्सर उपचारमा समस्या

हल्दिबारी, २२ श्रावण। हल्दिवारी ३ मा स्थायी बसोबास गर्दै आएकी ५२ वर्षीया सरस्वती भट्टराई बस्नेत एक वर्ष यता घाँटीको क्यान्सर रोगसित लड्दै आइरहेकी छिन् ।

Advertisement

इलाम देउमाई नगरपालिका २ महाभीर मूल घर रहेकी बस्नेतको ५० रोपनी जति जमीन सोही स्थानमा रहे पनि उपचार गर्न सो जमीन उपभोग गर्न नपाएपछि माइती तथा शुभचिन्तक दाताको भरमा उपचार गर्न बाध्य भइरहेको दुखेसो गर्छिन् ।

Advertisement

माइतीले दिएको जग्गामा हल्दिवारी ३ शिकारीबारीमा घर बनाइ दुई छोरी एक छोराको जिम्मेवारी समेत सम्हालेर जीवन गुजारा गरिरहेकी सरस्वती सम्पत्ति भएर पनि उपचारमा खर्च गर्न नपाएपछि पीडा पाल्न बाध्य छिन् ।

अर्की श्रीमती लिएर इलाममै रहेका श्रीमान देवराज बस्नेतले देउमाईमा रहेको जग्गा बेच्न नदिएपछि दाताको भरमा उपचाररत रहनु परेको पीडित सरस्वतीको गुनासो छ ।

जेठी छोरी केही समय अगाडि विवाह गरेर गए पनि एक छोरो र एक छोरी नाबालक नै रहेकाले उपचार खर्च जोहो गर्न दाताको भर पर्नु परेको सरस्वतीका दाजु नरबाहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार सरस्वतीको उपचार भक्तपुरको सल्लाघारी क्यान्सर अस्पतालमा भइरहेको छ । उपचार खर्च महंगो रहेका कारण माइती पक्षले मात्र खर्च जोहो गर्न नसकेर दाता खोज्नु परेको उनको गुनासो छ ।

विरामी सरस्वतीका श्रीमान तथा बस्नेत परिवारका कुनै पनि सदस्यले उपचारमा चासो र सहयोग नगरेको माइती पक्षको भनाइ छ । आफ्नै सम्पत्ति भएर पनि उपचार गर्न नपाएकी सरस्वतीलाई  माइती गाउँका शुभचिन्तक र माइती दाजुभाइले दिएको रकमबाट उपचार भइरहेको भए पनि दाताको सहयोग रोकिने बित्तिकै उपचार प्रभावित हुने अवस्था आएको दाजुको भनाइ छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)