हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एउटै बसको ठक्करले १० गाई र गोरु मरे

कपिलवस्तुको पूर्व पश्चिम राजमार्गको खारखानीमा बसको ठक्करबाट १० छाडा चौपया मरेका छन्। मङ्गलबार राति अन्दाजी २ बजे काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको  यात्रु बसको ठक्करले ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिनुभयो।

Advertisement

बुद्धभूमि र बाणगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य चार गाईगोरु घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

Advertisement

मरेका गाईगोरुलाई बुद्धभूमि नगरपालिकाको सहयोगमा गाड्ने तयारी भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। घाइते पशुलाई उपचार गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताउनुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)