हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

इलाममा आफ्नै श्रीमती हत्या अभियोगमा श्रीमान पूर्णबहादुर पक्राउ

आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी फरार रहेका इलाम सूर्योदय नगरपालिका २, सयपत्री टोल बस्ने पूर्णबहादुर तामाङ पक्राउ परेका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज दिउँसो १२ः१० बजे सूर्योदय २ स्थित लालिखर्कबाट तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश जवेगुले बताए ।

Advertisement

सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरको साविक सुभाङ १ हाल हिलेहाङ ७ घर भएका चेपाङे भनिने तामाङले आफ्नै कान्छी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरि फरार भएका थिए । सोमवार बेलुका ८ बजेतिर ५० वर्षका पूर्णबहादुरले सामान्य झगडाका कारण ४५ वर्षिया श्रीमती डम्बरकुमारीको टाउकोको पछाडीपट्टिको भागमा धारिलो हतियार बामफोकको प्रयोग गरि हत्या गरेका थिए ।

पूर्णबहादुर कान्छी श्रीमती डम्बरकुमारीसंग सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । उनले तीन महिनाअघि अर्काकी श्रीमती डम्बरकुमारीलाई भगाएर लगेका थिए । डम्बरकुमारीको माइत झापाको अर्जुनधारा – ११ हो । पूर्णबहादुरकी जेठी श्रीमती हिलेहाङमा बस्दै आएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)