हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अनेरास्ववियु सगै बाल संजालले पनि राखे बिधालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ बेच्न निषेध गर्नु पर्ने माग

अनेरास्ववियु हल्दिबारीले सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लाउन स्थानीय सरकार लाई माग राखे पछी बाल संजालले पनि सोही माग अगि सारेको छ।

Advertisement

अनेरास्ववियु हल्दिबारीले बिधालय तहका बालबालिका तथा विद्यार्थी लागुऔषध दुर्व्यसनी तथा सुर्तीजन्य पदार्थमा फसेको जनगुनासो व्यापकता पाइएकोले विद्यालय भन्दा ५०० मिटर वरपरका पसल, विद्यालयका सटरहरु जस्ता संवेदनशील स्थानहरुमा सो सुर्तीजन्य पदार्थ लगायतका वस्तु बेचबिखन गर्ने निषेध सगै ७ बदे माग राखेको छ । अनेरास्ववियु हल्दिबारीका अध्यक्ष आशिष् खरेलले हस्ताक्षर गरेको पत्र आज गाउँपालिका उपाध्यक्षलाई बुझाइएको छ ।

Advertisement

त्यस्तै हल्दिबारी स्तरीय बाल संजालले पनि आज संजालको पाचौं बैठकको निणर्य अनुसार गाउपालिकाका धेरै जसो विद्यालयको क्षेत्रमा लागु पदार्थ बेचविखन भइरहको र सो नेपालको कानुन विपरीत रहेकोले २०० मिटर भित्र सो कार्य गर्न बन्देज गर्नको लागि पत्रचार गरिदिनु हुनको लागि माग राखेको छ ।

संजालका अध्यक्ष पवन गिरीले हस्ताक्षर गरेको पत्रमा गाउँपालिका सो कार्य रोक्न अनुरोध गरेको बुझिएको छ । बालबालिका र बिद्यार्थीको समुहले राखेको सोही माग गाउँपालिकाले पूरा गर्ने वा नगर्ने भन्ने बिषयमा चिया पसलहरुमा बहस सुरु भएको एक स्थानीयले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)