हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

युवा संघले हस्तान्तरण गर्‍यो राहत सामाग्री

“दु:खिको घर : युवाको भर” भन्ने मुल नाराका साथ Mission Next Election : Target New Generation अभियान अन्तर्गत केहि समय अगाडि पाँचथर जिल्ला याङ्वरक गाउँपालिका स्थित च्याङ्थापु, फलैंचा, वनेममा गएको बाढीपहिरोबाट पीडित १०६ घरपरिवारहरुलाई राष्ट्रिय युवा संघ नेपाल झापा र झापाका पालिका कमिटीहरुको समन्वयमा संकलित राहत सामग्री आज एक कार्यक्रमका बीच सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक फुर्वा लामाको अध्यक्षता एवंम् नेकपा एमाले पाँचथर जिल्ला कमिटी उपसचिव नर बहादुर गुरुङको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु सागर पोर्तेल, खगेन्द्रराज आङ्दाङ्वे, कमल थपलियाको विशेष आतिथ्यतामा संचालित उक्त कार्यक्रममा संघका कोशी प्रदेश, झापा कमिटी सदस्य रघु धिमाल जिल्ला कमिटी सचिवालय सदस्यहरु मेरुन योङ्हाङ, सुरेन राई लगायतको सहभागीता थियो भने कार्यक्रमको संचालन जिल्ला कमिटी सचिवालय सदस्य सरोज मेहेराले गरेका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)