हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नृत्य निर्देशक संघ नेपालकाे आठौं वार्षिकोत्सबकाे उपलक्ष्यमा ४० जनाले गरे रक्तदान

२७ गते,काठमाडौं /नेपाल स्वयंसेवी रक्तदाता समाजकाे विशेष संयाेजनमा नृत्य निर्देशक संघ नेपालकाे आठौं वार्षिकोत्सबकाे उपलक्ष्यमा प्रथम पटक स्थानीय भानु माध्यमिक बिद्यालयकाे प्राङ्गणमा आज एक विशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरिएको छ ।

Advertisement

Advertisement

प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नृत्य विभागका प्रमुख बखतबहादुर हमाल(सुवर्ण)द्वारा रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गरिएको उक्त बिशेष रक्तदान कार्यक्रममा नेपालकै सर्वाधिक रक्तदाता एवं हालैमात्र “रक्तदाता सम्राट”बाट बिभुषित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य र भानु माध्यमिक बिद्यालयकी प्रधानाध्यापीकाकाे बिशेष आतिथ्यता रहेकाे साे कार्यक्रममा समाजसेवी कृष्ण महर्जन र कराँते प्रशिक्षक प्रकाश श्रेष्ठ अतिथि रहनुभएकाे थियोे ।

नृत्य निर्देशक संघ नेपालका भोजेन्द्र मानन्धरले सहजीकरण गरेको  कार्यक्रमकाे सभापति संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले विशेष अतिथि तथा अतिथिहरूलाई मायाकाे चिनाे प्रदान गर्नुभएको थियो । केशब काेइरालाकाे संयाेजनमा आयाेजित उक्त कार्यक्रममा नेपालकै सर्वाधिक रक्तदाता एवं हालैमात्र “रक्तदाता सम्राट”बाट बिभुषित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यबाट प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नृत्य विभागका प्रमुख बखतबहादुर हमाल(सुवर्ण)लाई रक्त संकलन थाैली प्रदान गरिए पश्चात् वहाँले आठौं पटककाे रक्तदान गर्नुभएको थियोे ।
उक्त कार्यक्रममा झरीकाे बाबजुद पनि महिला तथा पुरूष गरि जम्मा ४० जनाले रक्तदान गर्नुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)