हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

शिक्षक कर्मचारीका समस्या हल नहुने ऐन जारी नगर्न माग

भद्रपुर । शिक्षक महासंघ भद्रपुर नगर समितिले प्रस्तावित शिक्षा ऐनले शिक्षक कर्मचारीका समस्या हल नहुने भन्दै संघीय शिक्षा मन्त्रालयलाई स्मरण पत्र पठाउँदै नगरपालिकामा धर्ना दिएको छ ।

Advertisement

महासंघका भद्रपुर नगर अध्यक्ष गणेश गिरीको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले सरकारसित विगतमा भएका सहमती स्मरण गराउँदै संघीय शिक्षामन्त्रालयलाई पत्र पठाउँदै नगरपालिकामा ३ घण्टा धर्ना दिएको हो ।

Advertisement

विगतमा शिक्षक कर्मचारीका माग सम्बन्धमा सरकारले विभिन्न समयमा गरेका सहमती बिर्सिएर सरकारले शिक्षा ऐन जारी गर्न लागेकोमा महासंघ आन्दोलनमा उत्रनु परेको जानकारी गराउँदै अध्यक्ष गिरीले भद्रपुर नगर प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीलाई साँक्षी राख्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमार्फत नेपभल सरकारलाई स्मरण पत्र बुझाइएको थियो ।

धर्नामा शिक्षक कर्मचारी संबद्ध विभिन्न पेशागत संघ संगठनले ऐकेबद्धता जाहेर गर्दै शिक्षा ऐन परिमार्जन गरेर मात्र जारी हुनु पर्ने माग राखेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)