हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी गाउँपालिकामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले धर्ना सहित बुझाए ज्ञापनपत्र

झापा । हल्दिबारी गाउँपालिका शिक्षक कर्मचारीहरुको धर्ना कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषण गरे अनुरुप पालिका कमिटीले आयोजना गर्ने धर्ना कार्यक्रम नेपाल शिक्षक महासंघ हल्दिबारी समितिको नेतृत्व र अन्य घटक समितिको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।

Advertisement

कार्यक्रममा सिता बसनेतले स्वागत मन्तव्य राख्नु भएको थियो भन्ने छत्र बहादुर बन,टंक बहादुर प्राखरिन,भवानी प्रसाद भट्टराई,देवि प्रसाद कडेल,एकदेव खनाल,कृष्ण प्रसाद बन,राम प्रसाद पराजुली,डिल्लीराम ढुङ्गेल,र तुलसी प्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

Advertisement

राष्ट्रिय समितीले घोषण गरे अनुसार नै स्थानीय पालिका समितिले आन्दोलनको जानकारी पत्र,५१ बुदे सरकार र महासंघ बिचको सहमती पत्र पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने र शिक्षा शाखा प्रमुख जनक कुमारी राईलाई बुझाइएको हो।

शिक्षकहरुले आयोजना गरेको धर्ना कार्यक्रमको बारेमा गाउँपालिकाको प्रतिनिधित्व गरेका निमित्त प्रमुख न्यौपाने र शिक्षक शाखा प्रमुख राई दुबै जनाले शिक्षकहरुका यस्ता आवाज सम्बन्धित निकाय सम्म पुराउन हाम्रो सहयोग रह्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल शिक्षक महासंघ हल्दिबारी अध्यक्ष मदन पोखरेलको अध्यक्षतामा आयोजना गरेको कार्यक्रमको संचालन सचिव बोध कृष्ण पौडेलले गर्नु भएको थियो।उक्त धर्ना कार्यक्रम शिक्षकहरुले पानी झरिका बाबजुद ११ बजे देखि २ बजे सम्म संचालन गर्नु भएको थियो।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)