हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलियो

विराटनगर,  सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको छ । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि आज (सोमबार) बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड ४ लाख ५२ हजार क्युसेक पुगेको छ ।

Advertisement

बिहान ४ बजे गरिएको मापनमा प्रतिसेकेन्ड ४ लाख ६२ हजार क्युसेक बहाव पुगेको थियो । अहिले बिस्तारै पानीको बहाव घट्दै गएको छ  । पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । बहाव उच्च भएसँगै आवतजावतसमेत बन्द गरिएको छ ।

Advertisement

सप्तकोसीमा पछिल्लो तीन दशक यताकै उच्च बहाव भएको जनाइएको छ । सन् १९८९ मा कोसीमा बहाव प्रतिसेकेन्ड ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । पानीको बहाव घट्दो क्रममा रहेपनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)