हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु : सुनिल शर्मा

काठमाडौ । नेपाली  कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

Advertisement
 आज (सोमबार)को प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छ्न ।

‘अहिलेको गृहमन्त्री जसले मलाई आतंककारीजस्तो बनाएर पक्राउ गर्नुभयो । उहाँले बिनाशर्त राजीनामा गर्नुपर्छ,’ उनले भने, ‘सभामुखमार्फत म दोहोर्‍याउन चाहन्छु, यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने म आमरण अनशन बस्छु ।’

Advertisement

उनले यसअघि पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।
सोमबारको बैठकमा उनले आफूलाई पक्राउ गर्दा कानुनको धज्जी उडाइएको आरोप लगाए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)