हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रवि लामिछानेले हल्दिबारी लगायत झापाका विभिन्न कार्यक्रमलाई संवोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हल्दिबारी गाउँपालिका वडा नं. १ मा आयोजित कार्यक्रममा सम्वोधन गर्ने भएका छन् । यहि भदौ २ गते शनिबार राष्ट्रि प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको गृह नगर साविक गोलधापमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु लाई सम्वोधन गर्न हल्दिबारी आउन लागेको हल्दिबारी संयोजक अनुप ससांखरले जानकारी दिनु भयो ।

Advertisement

हल्दिबारीमा रास्वपाको संगठन विस्तार तिव्रगतिमा भईरहेको अवस्थामा सभापति लामिछाने सहित मनिष झा, निशा डाँगी लगायत नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ । झापाका विभिन्न कार्यक्रमलाई संवोधन गर्न रवि लामिछाने भदौ १ गते झापा आइपुग्ने कार्यक्रम रहेको र झापाका १० भन्दा बढी स्थानमा उनि लगायत नेताहरुले संवोधन गर्ने छन् । राप्रपाले आफ्नो पकट क्षेत्रको रुपमा हेरेको हल्दिबारी गाउँपालिकामा रवि लामिछानेको उपस्थिति र पछिल्लो समय राप्रपा, कांग्रेस, एमाले र माओवादी परित्याग गरि युवा जमात रास्वपामा प्रवेश गर्नुले रास्वपा उत्साहित बनेकाे छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)