हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कोशी प्रदेशको उद्योग राज्यमन्त्रीमा गनगाईं नियुक्त

मोरङ, ३१ साउन : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज गयानन्द मण्डल गनगाईंलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गनगाईंलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

Advertisement

मुख्यमन्त्री थापाले आज राज्यमन्त्री गनगाईंलाई प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । शपथग्रहण समारोहमा प्रदेशका मन्त्रीहरु, कर्मचारी, न्यायालयका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)