हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मेचीनगरबाट प्रहरीले ४५० किलो सुपारी बरामद

काकरभिट्टा । झापाको मेचीनगरबाट प्रहरीले ४५० किलो सुपारी बरामद गरेको छ । मेचीनगर १० खयरडाँगीका शेखर खँडकाको घरबाट प्रहरीले उक्त सुपारी बरामद गरेको हो ।

Advertisement

तर, घरधनी खँड्काले सुपारी आफ्नो नभएको बताउँदै जिम्मा लिन नमानेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । प्रहरीका अनुसार सुपारीको प्रचलित बजार मूल्य दुई लाख ७० हजार रुपैयाँ छ ।

Advertisement

इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले उक्त सुपारी बरामद गरेको हो । बरामद सुपारी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)