हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कचनकवल मा.वि.की छात्रा अस्मिता कक्षा १२ को नतिजामा जिल्ला प्रथम भएको दावी

भद्रपुर । कचनकवल ६ बनियानीमा रहेको कचनकवल विद्या मन्दिर मा.विकी छात्रा अस्मिता देवानले ३.८२ जि.पि.ए प्राप्त गरी जिल्लाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको दावी गरिएको छ ।

Advertisement

२०७८ सालबाट कचनकवल माविमा व्यवस्थापन संकाय पढ्दै आएकी देवानले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा प्राप्त गरेको अंक जिल्लाका अन्य विद्यालयमा फेला नपरेको भन्दै विद्यालयले झापा प्रथमको दावी गरेको हो ।

Advertisement

पढाइप्रति लगनशील र मिहिनेती विद्यार्थी रहेको विद्यालयका प्रिन्सिपल खगेन्द्र पाण्डेले बताए । पाण्डेका अनुसार अस्मिता सहित २०७९ सालको एस.एल.सी परीक्षामा सहभागी २८ जना विद्यार्थीहरूले उत्कृष्ट अङ्कसहित शत प्रतिशत नतिजा ल्याएको जानकारी दिएका छन् ।शिक्षक, विद्यार्थी र अभिभावकको निरन्तर सहयोगमा विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्राध्यापक समेत रहेका घनश्याम अर्यालले बताए ।

नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिँदै अस्मिताले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरूको मार्गदर्शन नै सफलताको श्रेय रहेको बताइन् । दक्षिणी झापाको दुर्गम पालिकाको पहिचान बनाएको कचनकवलमा पहिलो पटक जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त भएकोमा खुसीयाली मनाइएको छ ।

कचनकवल माविबाट २८ परीक्षार्थी सम्मिलित भएकोमा ३.६ देखि ४ जी.पी.ए ल्याउने १ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने १० जना, २.८ देखि ३.२ जिपिए ल्याउने १५ जना र २.४ देखि २.८ जिपिए ल्याउने २ जना छन् । २०५३ सालमा स्थापित सो विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको अतिरिक्त क्रियाकलाप विभाग एवं कम्प्युटर विभाग प्रमुख बेनुप राजप्रसाईँ तथा कुलचन्द्र अधिकारीले बताए ।

छोटो समयमै छुट्टै पहिचान बनाउन सफल कचनकवल माविले २०७७ सालबाट व्यवस्थापन संकायमा कक्षा ११÷१२ सञ्चालनमा ल्याएको हो ।
आफ्नै अत्याधुनिक भवनका साथै फराकिलो खेल मैदान सहित कचनकवल ६ बनियानीको राम जानकी मार्गमा शान्त तथा मनोरम वातावरणमा अवस्थित छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)