हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एमरेल्ड एकाडमीले भद्रपुरकै उत्कृष्ट नतिजा ल्याउन सफल

भद्रपुर । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीले माध्यमिक तह कक्षा १२ को परिक्षामा नगरकै उत्कृष्ट परिणाम ल्याएको दावी गरेको छ

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको परीक्षा फल अनुसार विद्यालयले २०७९ मा संचालित कक्षा १२ को परीक्षामा उत्कृष्ट अंकका साथ सफलता हात परेको दावी गरेको हो ।

Advertisement

२०७९ सालको परिक्षामा परीक्षा दिने परिक्षार्थी मध्ये २० जनाले ए ( विशिष्ट श्रेणी ), ३० जनाले बी+ (प्रथम श्रेणी), भने ३० जनाले बी (द्वितीय श्रेणी) ल्याउन सफल भएको प्रधान अध्यापक दिगम्बरराज अधिकारीले जानकारी दिएका छन् । केही विद्यार्थीले सी+ ल्याइएको जनाउदै प्रअ अधिकारीले ८५% माथि विद्यार्थी पास गराउन सफल भएको बताए ।

विसं २०५३ सालमा स्थापना भएको यस विद्यालयले हरेक वर्ष उत्कृष्ट परिणामको साथ आफ्नो छुट्टै पहिचान छोड्न सफल भएको दावी गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)