हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गौ हत्याको बिरोधमा विश्व हिन्दु परिषद, सिडियोलाई बुझाए ज्ञापन-पत्र

भद्रपुर / बिश्व हिन्दू परिषद झापाले हालै धरानमा तारीखमा रिहा भएका अपराधी सहितका समूह ब्दारा सार्वजनिक रुपमा गोरुको हत्या गरी आयोजना गरिएको भोज प्रति गम्भिर ध्यानाकर्षण भएको जनाए । नेपालमा धार्मिक ब्दन्द निम्ताएको आपराधिक समूह ब्दारा घटाएकौ सौ घटना जघन्य गतिबिधिको भएको भन्दै भत्सना गरेको छ ।

Advertisement

बिहिप झापाका अध्यक्ष होमनाथ ढूंगेल,उपाध्यक्ष देवेन्द्र के,ढुङगाना,सचिव दुर्गा खरेल,कौषाध्यक्ष तारा राजबंशी,सदस्य सत्येंद्र कुमार कर्ण,हरि भण्डारी सहितकौ प्रतिनिधि मण्डल शुक्रबार जिल्ला प्रशासन कार्यालय झापा पुगेर ज्ञापन पत्र बुझाए । सौ ज्ञापन पत्रमा गाई (गौ बंश (राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातनी हिन्दुहरुको आस्था एबं अंतर आत्मा संग जोड़िएको तथ्य उल्लेख गर्दै हिन्दुहरू गौ बंशलाई भगवानको रुपमा पूजने भनेको छ ।

Advertisement

ज्ञापन पत्रमा नेपालमा क़ानूनले गौ हत्यालाई पूर्णतः बर्जित गरेको भए पनि आज गौ हत्याको घटना बढ़नु चिन्ताको बिषय भन्दै घटनामा संलग्न अपराधीहरुलाई तत्काल गिरफ्तार गरी कड़ा भन्दा कड़ा सजाया दिन अपील गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)