हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीमा १५ दिने सेनेटरी प्याड तथा डाइफर बनाउने तालिम संचालन

 जलथल ,१३ फाल्गुन । संग बिस्वेश्वर कार्यक्रम अन्तर्गत हल्दिवारीमा १५ दिने सेनेटरी प्याड तथा डाइफर बनाउने तालिमको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्गदेनले उद्द्घाटन गर्नु भएको छ।

Advertisement

आफ्नो उद्घाटन मन्तब्य राख्दै लिङ्देङले तालिमलाइ तालिममा मात्रै सिमित नराखी व्यबहारमा उतार्न सहभागीलाई जोड दिएका छन। गाउँपालिकाले महिला सम्बन्धी कार्यक्रमको लागि धेरै लगानी गरे पनि प्रतिफल नदेखिएकोले आफू चिन्तित भएको समेत बताए । तालिम लिएर व्यावसायिक बन्नको लागि सहभागिहरुलाइ अनुरोध गर्दै गाउँपालिकाले आबस्यक सहयोग गर्ने समेर बताए ।

Advertisement

उक्त कार्यक्रमका अध्यक्ष तथा ४ न. वडा का अध्यक्ष होमप्रशाद चुडालले बिपन्न परिवारका महिलालाइ स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताउदै गरिब सगं बिस्वेश्वर कार्यक्रम फलदायक रहेको बताए ।

कार्यक्रमलाई कार्यपालिका सदस्य सर्मिला बिक , वडा सदस्य तारादेबी भट्टराई गरिब संग बिस्वेश्वर जिल्ला समन्वय समिति संयोजक सम्झना लोहनी लगायतले मन्तव्य राख्नु भएको थियो ।

हल्दिवारी गाउँपलिका  बिपन्न परिवारका १५ जना महिलाहरुले भाग लिएको तालिममा मुना अधिकारी र शिला श्रेष्ठले प्रशिक्षण दिने गरिब संग बिस्वेश्वर हल्दिबारिकी प्रमुख तथा कार्यक्रम सहज कर्ता मिना उप्रेतिले बताइन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)