हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

(फाइल फाेटाे) भारतले चन्द्रमामा पठाएको अन्तरिक्ष यान ‘चन्द्रयान ३ ‘ ले आज चन्द्रमामा सफलतापुर्वक ल्याण्ड भएको छ । आज बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ३ मिनेटमा उक्त यान चन्द्रमामा ल्याण्ड भएको छ । इण्डियन रिसर्च स्पेस अर्गनाइजेसन (इसरो)ले ल्याण्ड गर्ने प्रक्रियाको फेसबुक, युट्युब र अफ्नो वेबसाइट मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो।

Advertisement

 सो यान चन्द्रमाको दक्षिणी भूभागमा ल्याण्ड गरेको छ । हालसम्म कुनै पनि देशको यान चन्द्रमाको दक्षिणी भूभागमा ल्याण्ड गरेको थिएँन। हालसम्म सोभियत युनियन , अमेरिका र चीनले चन्द्रमामा आफ्नो यान ल्याण्ड गराएका थिए। तर कुनै देशले पनि चन्द्रमाको दक्षिणी भूभागमा ल्याण्ड गराएका थिएनन्। आजको ल्याण्ड सफल भएसंगै चन्द्रमाको दक्षिणी भूभागमा यान ल्याण्ड गराउनेमा भारत विश्वकै पहिलो देश बनेको छ ।

Advertisement

रुसले पनि  चन्द्रमाको दक्षिणी भूभागमा ल्याण्ड गराउने गरि गत अगस्त ११ मा लुना २५  नामको यान पठाएको थियो ।  तर सो यान दुर्घटनाग्रस्त भईसकेको छ । चन्द्रमाको सतहमा ठोक्किएर यान दुर्घटनाग्रस्त भएको थियो । यदि सो यान योजना अनुसार ल्याण्ड गरेको भए चन्द्रयान भन्दा अगाडी नै ल्याण्ड हुने थियो  ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)