हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी माविकी छात्रा करुणा पालिका उत्कृष्ट भएको दावी

हल्दिबारी । हल्दिबारी –२ स्थित हल्दिवारी माविकी छात्रा करुणा विश्वकर्माले माध्यमिक तह कक्षा १२ को परीक्षामा पालिकाकै उत्कृष्ट अंकका साथ प्रथम भएको दावी गरिएको छ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको परीक्षा फल अनुसार विश्वकर्माले कक्षा १२ को परीक्षामा ३.७१ जि.पि.ए अंक प्राप्त गरी पालिका प्रथम भएको प्रधानाध्यापक टंकबहादुर पाख्रिनले दावी गरेका हुन् ।

Advertisement

व्यवस्थापन संकायमा अध्यनरत विश्वकर्माले हल्दिबारी गाउँपालिका भित्र सञ्चालनमा रहेका माध्यमिक विद्यालयका विद्यार्थी सवैलाई उछिनेर प्रथम भएको विद्यालयको दावी रहेको छ ।

कक्षा १२ सम्म अध्ययन गर्दा विश्वकर्मा लगनशील र मेहनती भएकाले परीक्षा परिणाम राम्रो आएको प्रधानाध्यापक पाख्रिनको भनाइ छ । यता उत्कृष्ट विद्यार्थी करूणा सरकारी विद्यालय भए पनि पठनपाठनमा राम्रो वातावरण पाएकाले राम्रो परीणाम ल्याउने अवसर मिलेको बताउँछिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)