हल्दिबारी ,९ भदौ । हल्दिबारी गाउँपालिका वडा नं.२, मेथिबारीमा रहेको लक्ष्मी नारायण मन्दिरमा चोरी भएको छ ।

प्रेस क्लब हल्दिवारीका सदस्य सुभाष गौतमले दिएको जानकारी अनुसार शुक्रबार राति मन्दिरका चारवटा ढोका फुटाएर मन्दिरमा भएको नगद ६५० चोरी गरेको पाइएको हो ।

मन्दिरको दराज फुटाउनुका साथै अन्य सामान समेत गरेर १० हजार मुल्य बराबरको क्षयति भएको उनले जानकारी दिए।




