हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

“रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक” प्रेमसागरकाे प्रमुख आतिथ्यतामा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं/ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालैमात्र “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा नेपाल इलेक्ट्रिसियन संघ र इगल मेनपावर कन्सलटेन्टबाट संयुक्तरूपमा आयाेजित विशेष रक्तदान तथा सम्मान कार्यक्रम एक समारोह बीच हिजाे इगल मेनपावर कन्सलटेन्टकाे कार्यालय प्राङ्गणम सम्पन्न भएको छ ।

Advertisement

प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालैमात्र “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाश कुमार दाहाललाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियोे ।

Advertisement

राधेश्याम फुयाँलकाे संयाेजनमा आयाेजित साे कार्यक्रममा सभापति नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाशकुमार दाहाल हुनुहुन्थ्यो भने विशेष अतिथिहरू क्रमशः कृष्ण ढकाल,अध्यक्ष इगल मेनपावर कन्सलटेन्ट,अनिल भण्डार,सचिव नेपाल स्वयंसेवी रक्तदाता समाज तरकेश्वर नगर समिति, रेशम देवकोटा नेपाल बिद्युतीय ब्यवसायी महासंघ र दिबेशकुमार  जैन,काठमाडौं बिद्युतीय ब्यवसायी संघका हुनुहुन्थ्यो ।

कार्यक्रमका सभापति एवं नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाशकुमार दहालकाे जन्मदिनको उपलक्ष्यमा आयाेजित साे कार्यक्रमका सभापति एवं नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाशकुमार दहालद्वारा प्रमुख अतिथि प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा महिला तथापुरूष गरि जम्मा ४५ जनाले रक्तदान गर्नुभएको थियोे ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)