हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रास्वपाका नेताद्वारा एसइईका विद्यार्थीहरुलाई निःशुल्क काेचिङ्ग

संखुवासभा, १० भदौ । संखुवासभाका एक सय भन्दा बढी सामुदायिक विद्यालयहरुमा निःशुल्क कोचिङ्ग कक्षा शुरु गर्न लागिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्रिय समिति संखुवासभाका संयोजक सिताराम नेपालले २०८० मा एसइई दिने विद्यार्थीहरुलाई लक्षित गरि निःशुल्क कोचिङ्ग कक्षा सुरु गरेका छन् ।

Advertisement

उनकै पहलमा संखुवासभाका १०० भन्दा बढी सामुदायिक विद्यालयहरुमा निःशुल्क कोचिङ्ग संचालन गरिने अभियान सुरु गरिएको बताइएको छ । गरिव तथा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एसइई सम्म निरन्तर रुपमा अंग्रेजी, विज्ञान, गणित लगायतका विषयहरु निःशुल्क कोचिङ्ग मार्फत अध्ययन अध्यापन गराइने अरुण भ्याली पव्लीक स्कुल तथा हिमालय किरण पव्लीक क्याम्पस खादबारीका प्राध्यापक सिताराम नेपालले बताउनु भएको छ ।

Advertisement

यहि भदौ देखी सुरु गरिएको कोचिङ्गमा हाल ७० विद्यार्थी रहेका छन् भने चाडै नै जिल्ला भरिका विद्यालयहरुमा समेत त्यहाका शिक्षकहरुको समन्वयमा निःशुल्क कोचिङ्ग सुरु गरिन लागेको समेत नेपालले बताउनु भयो । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले एक महिना कोचिङ्ग लिए वापत मासिक १५०० तिर्नु पर्नेमा यस अभियान मार्फत संखुवासभाका हजारौं एसइई दिने विद्यार्थीहरु लाभांवित हुने छन् । mission no fail in maths and science see 2080 दिइएकाे अभियानले विधार्थी तथा अभिभावकलाइ मानसिक तथा आर्थीक रुपमा समेत फाइदा पुग्ने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)