भद्रपुर । भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । भद्रपुर नगरपालिका- ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो ।
