हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कचनकवलका उपाध्यक्ष भट्टराईलाई पितृ शोक

बनियानी ,१२ भदौ  । झापाको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई पितृ शोक परेको छ ।

Advertisement

उपाध्यक्ष भट्टराईका पिता ७१ वर्षीय इन्द्रप्रसाद भट्टराईको गएराति उपचारका क्रममा विराटनर स्थित नोवेल अस्पतालमा निधन भएको हो ।

Advertisement

वि सं २००९ साल पौषमा ओखलढुंगा जिल्लाको साविकको सेर्ना गाविस ५ सेर्नाबेँसीमा जन्मनु भएका इन्द्रप्रसाद वि सं २०२५ सालदेखि दक्षिणी झापाको साविक पथरिया १ डाँगीवारीमा स्थायी बसोवास गरिरहनु भएको थियो । प्रगतिशील विचार राख्ने भट्टराई कम्युनिस्ट नेता स्वर्गीय द्रोणचार्य क्षेत्रीका निकट समकक्षी भएर पञ्चायत बिरूद्ध दक्षिणी झापामा जागरण अभियान समेत सञ्चालन गर्ने व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो ।

भट्टराईका दुई छोरा योगेन्द्रहरि, नवराज तथा दुई छोरी विजया र रमा रहनु भएको छ भने ४ नाति २ नातिनीका अभिभावक भएर रहनु भएको थियो । स्वर्गीय भट्टराईको स्थानीय जमुना खोलामा अन्त्यष्टि गरिएको छ ।

यसैबीच नेकपा एमाले कचनकवल गाउँ समितिले आफ्ना अग्रज अभिभावक नेता गुमाएको स्मरण गर्दै स्वर्गीय भट्टराईको पार्थिव शरीरमा झण्डा ओडाएर शोक सभा सम्पन्न गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)