हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गारामनीकाे दुर्गा मन्दिरमा विवाद

हल्दीबारी मीडिया संबाददाता,
बिर्तामोड / झापा जिल्लाको बिर्तामोड नगरपालिका वार्ड नं ८ स्थित पुरानो धार्मिक तथा सास्कृतिक महत्व बोकेको दुर्गा शक्तिपीठ मन्दिर सगै राधा कृष्ण मन्दिर र शिव मन्दिर एउटै परिसरमा रहेको छ । यो मन्दिर ऐतिहासिक र पुरानो हिन्दुहरूको आस्था केन्द्र हो। तर मन्दिरको परिसरभित्र पूर्व दक्षिणतिर आग्नीय कोणमा शौचालय निर्माण गरेको बिषयलाई लिएर स्थानीय बुद्धिजीबी तथा युवा देवी प्रसाद पाण्डेकाे नेतृत्वमा उक्त शौचालयले हिन्दु धर्मलम्बीहरूको आस्था माथि ठेस पुगेको भन्दै मन्दिर ब्यबस्थापन समिति समक्ष शुक्रबार ध्यानाकर्षण गराएकाे छ ।

Advertisement

स्थानीय बुद्धिजीबी तथा युवाहरुको प्रतिनिधि मंडळलें यो कुन नीति र नियतले निर्माण गरिएको हो भन्ने प्रश्न नेपाल विश्व हिन्दू महासघका केन्द्रीय बरिष्ठ सल्लाहकार रहनु भएका देवी प्रसाद पाण्डे नेतृत्वक़ो प्रतिनिधि मण्डललें समितिका अध्यक्षलाई भेट गरेर प्रश्न गरे । सो प्रतिनिधि मण्डल द्वारा समितिका अध्यक्ष समक्ष प्रस्न गर्दै भनेका छन तपाईंहरु धार्मिक द्वन्द गराउने नियत त होइन उक्त प्रश्नको जवाफमा मंदिर ब्यबस्थापन अध्यक्षले गलत ठाउँमा शौचालय निर्माण भएको छ । यो शौचालय हामीले अस्थायी रुपमा निर्माण गरेका हौं। अर्को ठाउँमा बनाउने बित्तिकै हामी यहाँबाट हटाउने छौं भन्ने आश्वासन दिए ।

Advertisement

यसै क्रममा पाण्डेले पत्रकारहरू संग कुरा गर्दै भने यदि यो न सच्याइए हामी कडाभन्दा कडा आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुनेछौं। मंदिर परिसरको आग्नेय कोणमा शौचालय निर्माण गरेको हुनाले उक्त शौचालयले हिन्दु धर्मलम्बीहरूको आस्था माथि ठेस पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)