हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कोशी सरकारका मुख्यमन्त्री उद्धव थापा विरुद्ध रिटको सुनुवाइ स्थगित

कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको रिट न्यायाधीश खतिवडाले हेर्न नमानेपछि स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेको सर्वोच्च स्रोतले जनाएको छ ।

Advertisement

भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

Advertisement

त्यसअघि भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरेको थियो । जुन गैरसंवैधानिक भएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)