हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बिहिप नेपाल सोमबार बिर्तामोड़मा गौ हत्याको बिरुद्धमा गौ रक्षा गरौ भन्ने नारा सहित र्याली सहभागी हुने

हल्दीबारी मीडिया
बिर्तामोड /बिश्व हिन्दू परिषद नेपाल झापा समितिले आगामी सोमबार बिर्तामोड़मा ॐ कार परिवार ब्दारा आयोजित सदभाव र्यालीमा गौ हत्याको बिरुद्धमा गौ रक्षा गरौ भन्ने नारा सहितको ब्यानरमा सहभागी हुने निर्णय गरेको छ ।

Advertisement

परिषद झापाका अध्यक्ष होमनाथ ढूंगेलको अध्यक्षतामा बसेको बैठकले केही दिन अघि सुनसरीको धरानमा गौ बंशको हत्या गरी सार्वजनिक रुपमा सामाजिक संजालमा राखेको विडिओले सम्पूर्ण हिन्दू परिवारको आस्था माथी प्रहार भएको ठहर गर्दै सो घटनाको बिरोध सहित अपराधी गिरोहलाइ अबिलम्ब गिरफ्तार गरी कानूनी कारवाही गर्न बैठकले माग गरेको छ ।

Advertisement

सो बैठकले बिहिप नेपाल झापा समितिको सादस्यमा बिर्तमोड़का सामाजिक युवा ब्यक्तित्व बिबेक दंगाल, निराजन ओली र भद्रपुरका बुद्धिजीबी तथा शिक्षा क्षेत्रका अभियंता ईश्वर पोखरेललाई बैठकमा सम्मानित गर्दै स्वागत गरिएको छ ।

बैठमा परिषदका उपाध्यक्ष देवेन्द्र किशोर ढुङगाना, सचिव दुर्गा खरेल, बरिष्ठ सदस्य सत्येंद्र कर्ण, माधव कल्पित, हरी भंडारी समेतको मुख्य उपस्थिति थियो l

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)