हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बाँदरको परिवार नियोजन गरेर नियन्त्रण गर्नुपर्छ : आरजू राणा

काठमाडौँ : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने माग गरेकी छन्।

Advertisement

आइतवार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्‍याएर खान नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी हुन्।

Advertisement

उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताइन्। उनले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘संरक्षण गर्नु राम्रो हो तर मान्छेले खान नपुग्ने गरी संरक्षण गरेर फाइदा छैन। बाँदरलाई परिवार नियोजन गरे हुने रहेछ। भारतको हिमाञ्चल प्रदेशमा त्यही गरेको रहेछ। मान्छेले खानै नपाउने भएपछि त समस्या भयो।’ उनले बाँदर नियन्त्रणको सम्बन्धमा सरोकारवाला निकायलाई केही योजना ल्याउन लगाउनुपर्ने माग गरिन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)