हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मोटरसाइकल र भ्यान ठोक्किँदा २७ वर्षीय दावाको मृत्यु

फाइल फाेटाे, काठमाडौं : काठमाडौंको बसुन्धारामा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ। गए राति १२ः४५ बजे तिर प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकल बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानमा ठोक्किँदा मोटरसाइकल चालक सङ्खुवासभाको मकालु गाउँपालिका–१ का २७ वर्षी दावा दोर्जे शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

मोटरसाइकलको पछाडि बस्ने १९ वर्षकी डोल्मा शेर्पा घाइते भएकी छन्। उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ । भ्यानका चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)