हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु

काठमाडौं । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ की ३२ वर्षीया मञ्जु कुँवर रहेकाे वडाध्यक्ष राजबहादुर ऐरले जानकारी दिएका छन्।

Advertisement

सोमबार राति ११ बजे गौरीफन्टा नाकामा मजदुरी गरेर घर फर्कने क्रममा उनी धरापमा परेकी थिइन्। उनलाई तत्कालै माया मेट्रो अस्पताल लगिए पनि अस्पताल पुर्याइ सक्दा चिकित्सकले मृत घोषणा गरेका थिए।

Advertisement

धनगढी उप–महानगरपालिकामा वनबाट बँदेल, हात्ती, निलगाई, चित्तललगायत जनावर खेतमा पसेर दुःख दिने गरेकाले स्थानीयले विद्युतीय धराप थाप्ने गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)