हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हराएको १० दिनपछि डा.प्रज्वल मृत फेला

सुनसरी, १९ भदाै । झापाको दमक १ का डा. प्रज्वल कोइराला वेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले लास देखेर प्रहरीलाइ खवर गरे पछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो भएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आउनु भएका सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिनु भयो।

Advertisement

रोक्काका अनुसार साढे ४ बजे तिर खबर आए पछि विपद व्यवस्थापनमा खटिने टाेली लगेर लाश ल्याउँदा ६ बजेकाे थियाे । लाश धरानकाे बीपी मेमाेरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाेष्टमार्टमका लागि पठाइएकाे छ । डा. काेइराला अघिल्लाे आइतवार बेलुकी ड्युटी सकेर हिड्नु भएकाे थियाे । वेपत्ता भएकाे भाेलि पल्ट भदाै ११ गते भने उहाँकाे सवारी साधन चतराको पुलपारी विहान फेला परेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)