हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

राष्ट्रिय युवा संघ हल्दिबारीको विवाद सतहमा:

हल्दिबारीमा नेकपा एमाले आवद्ध युवाहरुको जनवर्गीय सङ्गठन राष्ट्रिय युवा संघ नेपाल हल्दिबारीमा विवाद छताछुल्ल भएको छ ।

Advertisement

भाद्र-१३ गते सम्पन्न भनिएको अधिवेशनमा बहुसंख्यक युवाहरुले बिरोध जनाउदा जनाउदै आज सफत ग्रहण कार्यक्रम आयोजना गरिए पछी युवाहरु आक्रोशित बने पछी कार्यक्रम स्थगित भएको

Advertisement

सफत ग्रहण कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य सोमनाथ पोर्तेल,कोशी प्रदेश कमिटी सदस्य मोहन चन्द्र रेग्मी,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिव अनिता कन्दङ्वा,नेकपा एमाले जिल्ला सचिवालय सदस्य नरेश चुडाल,नेकपा एमाले जिल्ला कमिटी सदस्य धनकेशर बस्नेत ,राष्ट्रिय युवा संघ जिल्ला कमिटी अध्यक्ष फुर्वा लामा,अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष बलराम गिरी,हल्दिबारी उतप्रेरक सागर पोर्तेल, नेकपा एमाले हल्दिबारी गाउँकमिटीका नेता कार्यकर्ताको व्यापक उपस्थिती रहेको थियो।

सफत ग्रहण कार्यक्रम संचालनको क्रममा प्रत्यासी उम्मेदवारहरुले आफ्नो आवाज नसुनी अध्यक्ष मण्डललाई अगाडि नबढन आग्रह अनुरोध गर्दा गर्दै बिबाद सुरु भएको अध्यक्ष मण्डलका सदस्य शैलेन्द्र सिटौलाले बताए।

बिबाद सुरु भए सगै नेकपा एमाले हल्दिबारीका नेता नारायण लुइँटेलले विवाद भए सगै निर्वाचन बाट युवा संघ लाई पुर्णता दिनु पर्ने र जर्बजस्ती निकास नखोज्नु पर्ने आफ्नो अभिव्यक्ति राखे।त्यस पछी निर्वाचन अध्यक्ष मण्डलका सदस्य महेश मेचेले पनि विवादको बिच कार्यक्रम अगाडि नबढाउन आग्रह र अनुरोध गरी कार्यक्रम स्थगित गरिनु पर्ने राय राखेका थिए।

प्रत्यासी उम्मेदवार सगै सयौ युवा कार्यकर्ताले विधि सम्वत युवा संघलाई पुर्णाता दिनु पर्ने माग युवाहरु ले राखेका थिए ।

विवादले उग्ररूप लिए पछी अध्यक्ष मण्डलका संयोजक मोहन चन्द्र रेगमीले अनिश्चित कालका लागि कार्यक्रम स्थगित भएको घोषण गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)