हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजमा तिज विशेष कार्यक्रम साथै मनोबिमर्स समन्धी प्रशिक्षण सम्पन्न

बिर्तामोड / झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजले आज तिज विशेष कार्यक्रम साथै मनोबिमर्स समन्धी प्रशिक्षण सम्पन्न गरेको छ।

Advertisement

कलेजका एकाडेमिक कोडिनेटर बिजया भन्डारीको अध्यक्षय्तामा भएको कार्यक्रमको प्रमुख अथित्यता कोशी प्रदेश माननीय लखि गणेशको रहेको थियो। यसैगरी विशेष अथितीमा मनोबिमर्स कर्ता प्रमिला गौतम खनाल , बिर्तामोड झापा डट कम का सम्पादक टिकाराम बास्तोला, मनोबिमर्स कर्ताले आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजका ११ ,१२ का विद्यार्थीको उपस्थिति रहेको थियो।

Advertisement

शुभकामना मन्तव्य प्रमुख अथिती लखि गणेशले राख्नु भएको थियो। उहाँले भन्नू भयो ” पहिला पहिला हामी तिज मनाउन लाई धेरै टाढा बाट आउनु पर्त्यो यस्तो कार्यक्रम हरु कसैले गर्दैन थियो। तर आज हामी यसरी तिज मनाउनु भन्दा अगाडी नै तिज विशेष कार्यक्रम गर्दैछौ। भने हामी कति अगाडी गैसकेको रैहेछौ।मलाई आज यश आदर्श कलेज ले निमन्त्रणा गरेर यस्तो कार्यक्रममा आउने अवसर दिएको भन्दै धन्यवाद सम्मेत दिनु भएको छ। शुभकामना कै क्रममा उहाँ ले भन्नू भयो ” अब हामी महिला हरु राजनीति,सामाजिक गतिविधि मा आउन जरुरी छ। कलेज का तालिम बिभाग प्रमुख दीपक दास ले सन्चालन गरेको कार्यक्रम मा अनुशा ढकाल खरेल ले स्वागत मन्तव्य राखेको कार्यक्रम मा २०० बढी युबा को उपस्थिति रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)