हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सञ्जीवनीले गर्यो तिम्ल्याहा सन्तान जन्माउने दम्पतीलाई सम्मान

मेचीनगर, २३ भदौ । सञ्जीवनी महिला विकास संस्थाले १४ औं बार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ ।

Advertisement

संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउनु हुने निर्मला विष्ट रिजाल र उहाँका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान गरेको हो । निर्मलाले तीन बर्ष अघि विर्तामोडस्थित मनमोहन अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्मदिनु भएको थियो ।

Advertisement

संस्थाले उहाँहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेको सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताउनुभयो । चौध बर्ष अघि महिलाहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको संस्थाले ४० बढी महिलालाई सीप सिकाएर आत्मनिभर्र बनाएको उहाँले जानकारी दिनुभयो ।

संस्थाले विभिन्न संघसंस्थासँगको सहकार्यमा गरीब, असहाय तथा विपन्न परिवारलाई सुधारिएको चुल्हो, लत्ताकपडा, खाद्यान्न, घर छाउनका लागि जस्ता पातालगायतका सामग्री समेत वितरण गरिएको अध्यक्ष डाँगीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा उपस्थिति अतिथिहरुलाई खादा र मालाको सट्टा स्थानीय महिलाले उत्पादन गरेका क्रिष्टलका माला लगाइदिएको थियो । संस्थाले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले नगर क्षेत्रका महिलालाई स्वरोजगार बनाउन पालिकाद्वारा नै सीप सिकाउने तयारी भइरहेको बताउनुभयो । महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको पालिकाले नै बजारीकरण गर्ने योजना रहेको सुनाउनुभयो ।

कार्यक्रममा नारी कल्याणकारी संस्थाकी अध्यक्ष जानुका ओली, तारापुञ्ज छोरी बुहारी समूहकी अध्यक्ष सीता पोखरेल, विपन्न जनहितकोषको कोषाध्यक्ष लिना भण्डारी, इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा पोखरेल, उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला भण्डारी, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी सचिव निर्मला काफ्लेले स्वागत र उपाध्यक्ष खिला खनालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा तीज गीतमा महिलाहरुले सामूहिक रुपमा छमछमी नाचेर दर समेत खाएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)