हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीको मित्रता कृषि सहकारी र जनज्योति सहकारी सहित झापाकाे २३ वटा सहकारी खारेजी प्रक्रियामा

हल्दिबारीको मित्रता कृषि सहकारी र जनज्योति सहकारी सहित झापाकाे २३ वटा सहकारी खारेजी प्रक्रियामा लैजाने सूचना सार्वजनिक गरेको छ ।

Advertisement

एक सूचना जारी गर्दै कार्यालयका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीले लामो समयदेखि साधारणसभा नगरेका सहकारीहरूलाई खारेजी प्रक्रियामा लगिएको जानकारी दिए । उनका अनुसार कतिपय सहकारीले दर्ता मात्रै गरेका छन् । कतिपय सहकारीहरूले भने २ वर्षदेखि प्रतिवेदन समेत पेस नगरेको उल्लेख गरिएको छ ।

Advertisement

गौरादहको गौमाता कृषि सहकारी, घोपाली कृषि सहकारी, मेचीनगरको बहुमुखी सहकारी, मितेरी बचत तथा ऋण सहकारी, फक्ताइलुङ बहुउद्देश्यीय सहकारी संस्था, हल्दिवारीको मित्रता कृषि सहकारी संस्था, जनज्योति सहकारी संस्था, भद्रपुरको ऐचोपैचो बचत तथा ऋण सहकारी, कुमारी बचत तथा ऋण सहकारी, अर्जुनधाराको उर्वरा कृषि सहकारी, परिस्कृत कृषि सहकारी, कनकाईको समन्यायिक बचत तथा ऋण सहकारी संस्था, सूर्य कृषि सहकारी संस्था, अमृत दुग्ध विकास सहकारी, जनता बहुमुखी सहकारी, तोपगाछीको कमल कृषि सहकारी, त्रिगङ्गा कृषि सहकारी, गौरीगञ्जको गौरीगञ्ज बचत तथा ऋण सहकारी संस्था, शिवसताक्षीको भाग्यदयो बचत तथा ऋण सहकारी संस्था, बाह्रदशीको हाम्रो प्रजापति कृषि सहकारी, शीघ्र समृद्धि बहुउद्देश्यीय सहकारी र युवा स्वरोजगार बहुउद्देश्यीय सहकारी खारेजीको लागि प्रक्रिया अघि बढाइएको छ । प्रदेश सहकारी कार्यालयले खारेजी गर्नुपर्ने कुनै कारण नभए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)