हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पातञ्जल योग समिति हल्दिबारी द्वारा एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न

हल्दिबारी २३ भदाै । पातञ्जल योग समिति हल्दिबारी द्वारा एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

झापाको हल्दिबारी गाउँपालिकामा रहेको पातञ्जल योग समिति हल्दिबारी द्वारा आरोग्यताका लागि स्थानीय जडिबुटी पहिचान र औषधी तथा आहार बिहार समन्धी एक दिवसीय अनुशिक्षण कार्यक्रम आज चार नम्बर वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।

Advertisement

सस्थाका अध्यक्ष मिलन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता हल्दिबारी गाउँपालिक अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले गर्नु भएको थियो। त्यसैगरि विशिष्ट अतिथि वडा अध्यक्ष सन्त कुमार थापा , पातञ्जल योग समिति प्रदेश अध्यक्ष केशव ताम्राकार, जिल्ला अध्यक्ष श्याम ल्वागुनको रहेको थियो। यसैगरी अथितीहरु मा क्रमश: महेन्द्र मा.वि का व्यवस्थापन समिति अध्यक्ष एकराज मगर, मोति आ.वि का प्राध्यापक केदार सुवेदी, बिर्तामोड झापा डट कम का सम्पादक टिकाराम बास्तोला लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रशिक्षकमा डा . अनिल यादवले परिक्षकको रुपमा प्रशिक्षण दिनु भएको थियो। यस पातञ्जल योग समितिले पहिले देखि नै विविध रचनात्मक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै गतिविधिहरु गर्दै लैजाने अध्यक्ष मिलन विश्वकर्माले बताउनु भएको छ। संस्थाका सदस्य अनिल चौहानले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सदस्य होमनाथ अधिकारीले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)