हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी-धुर्वतारा विधुत उपभोक्ता समितिको निर्वाचनमा दाहाल र दङ्गाल विजयी

हल्दिवारी / झापाको हल्दिबारी गाउँपालिकामा रहेको धुर्वतारा बहुउद्देश्य विधुत उपभोक्ता समितिको आज सम्पन्न निर्वाचनमा डम्ब र दाहाल र मुक्ती दङ्गाल निर्वाचीत भएका छन।

Advertisement

धुर्वताराका १४९३ सदस्य मध्ये ७११ जनाले आज मतदानमा भाग लिएका थिए। बिहान ८ बजे शुरु भएको निर्वाचन बेलुका ४ बजे सम्पन्न भएपछि वडा नम्बर ४ को कार्यालयमा मत गणना सम्पन्न भएको निर्वाचन समितिका सम्योजक पुस्तक राज नेपालले जानकारी दिनु भएको छ।

Advertisement

निर्वाचन सम्पन्न गर्न हल्दिबारी गाउँपालिकाका प्रशासन शाखा अधिकृत बाबुराम ढकाललाई निर्वाचन अधिकृत तोकिएको थियो। निर्वाचन समितिका अनुसार  डम्बर दाहाल चुनाव चिन्ह (बाघ) मुक्ती दङ्गाल चुनाव चिन्ह( हात्ती) र ज्ञान् बाहादुर माबो को चुनाव चिन्ह ( जरायो) रहेको थियो।

१७ सदस्य कार्य समितिको लागि आज निर्वाचित सदस्य पछि कार्य विभाजन हुने समितिले जनाएको छ। १३ जना सदस्यहरु सर्व सम्मत चयन भएका थिए।भने दुई जना सदस्यको लागि ३ जनाको उम्मेदवारी परेपछि निर्वाचन गर्नु परेको निर्वाचन समितिले जनाएको छ । २ सदस्य भने कार्यसमिति बैंककले चयन गर्ने छ ।

अन्तिम मत परिमाण अनुसार डम्बर  दाहाल ४३७ मत र मुक्ती दङ्गाल ४०१ मत प्राप्त गरि विजयी भएका छन भने ज्ञान् बाहादुर माबोले ३१७ मत प्राप्त गरेका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)