हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

११० औं विपि जयन्तीको अवसरमा अन्तरक्रिया सम्पन्न

भद्रपुर । ११० औं वि.पि. जयन्तिको अवसर पारेर भद्रपुरमा अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न गरिएको छ । विपि प्रतिष्ठान झापा तथा प्रजातान्त्रिक विचार समूह झापाको आयोजनामा विपिको विचार विमर्शका लागि भद्रपुर १० चन्द्रगढीमा अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न गरिएको हो ।

Advertisement

प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिको विचार छाडिदै गएको भन्दै काँग्रेस सम्बद्ध अग्रज कार्यकर्ताहरूले नेतृत्वमाथि प्रश्न उठाएका थिए ।

Advertisement

कार्यक्रममा विचार राख्दै सहमहामन्त्री परियारले नेपाली राजनीतिमा विचार र सिद्धान्त भएको एकमात्र नेता विपि कोइराला रहेको धारणा राखेका छन् । संघीय संसद समेत रहेका परियारले राष्ट्रियताको सवालमा सचेत दुरदर्शी विचार र क्रान्तिकारी क्षमताका धनी कोइराला भएको प्रष्ट पार्दै जनपक्षीय समाजवादका प्रर्वतक रहेको बताए । उनले विपिसित राज्य समुन्नत बनाउने सपना भए पनि निरङ्कुश राजाका कारण समय नपाएको उल्लेख गर्दै परियारले राजनीतिमा समाज सुधारक क्रान्तिकारी विचार पालेका कोइराला साहित्यमा मनोविश्लेषणवादी प्रयोगवादका प्रर्वतक सहेको विचार व्यक्त गरेका थिए ।

प्रजातान्त्रिक विचार समूह झापाका अध्यक्ष चिन्तामणि दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नेपाली काँग्रेस सम्बद्ध विभिन्न तहका नेता तथा कार्यकर्ता, बुद्धिजीवि तथा भातृ संगठन सम्बद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो भने अधिवक्ता भरत प्रसाईले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)