हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापाका धामी वैद्यहरूको विविध कला प्रदर्शनी सम्पन्न

भद्रपुर । झापामा रहेका धामी तथा वैद्यहरूले चन्द्रगढीमा विविध कला प्रदर्शन गर्दै आठौं मनषादेवी विषहरी विष खेल सम्पन्न गरेका छन् । नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुर ८ मेची रङ्गशाला पश्चिमको चौरीमा झापा, मोरङ, सुन्सरी र भारतको पश्चिम बंगालबाट भेला भएका धामी झाँक्री र वैद्यहरूले आ आफ्नो कला प्रदर्शन गरेका हुन् । संघका झापा अध्यक्ष सतलाल राजवंशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा काली नागको माला लगाएर विषहरी खेलको सुरू गरिएको थियो ।

Advertisement

अध्यक्ष राजवंशीले नगर प्रमुख पोखरेल, वडाध्यक्ष रतिया राजवंशी, अभिषेक ढुंगाना र गौरव सुब्बा मनोजलाई पालैपालो जिउँदो काली नागको माला लगाएर नागको गर्जन प्रदर्शन गरिएको थियो भने धामी झाँक्रीहरूले आ आफ्ना ढोलढ्याङ्ग्रा वजाएर मन्त्रमुग्द बनाएका थिए ।

Advertisement

बहुजातीय धामी झाँक्री सहभागी कार्यक्रममा आगो नबाली चिया पक्राउने, विष खेल प्रदर्शन र सिसामा हिड्ने कला प्रदर्शन गरिएको थियो ।कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संघका झापा सचिव देवचरण राजवंशीले पिता पुर्खाको पालादेखि प्रकृतिसित जुधेर बाँच्नेकला तथा औषधी उपचार सेवा प्रदान गर्ने एक मात्र निकाय धामी झाँक्री र वैद्य भएको सहभागिलाई प्रष्ट पारेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)