हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नहर र पानीको ड्रममा डुबेर दुई जनाको मृत्यु

सुनसरी, २५ भदौ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

Advertisement

आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए । उनको उपचारको लागि जिल्ला अस्पताल इनरूवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए ।

Advertisement

यसैगरी इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पूजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)