हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

राष्ट्रिय बाल दिवसको अवसरमा हल्दिबारी बाल संजालकाे आयाेजनामा अन्तर मावि स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न

झापा । राष्ट्रिय बाल दिवसको अवसरमा हल्दिबारी गाउँपालिका बाल संजालले पालीका स्तरीय अन्तर मा. वि स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

Advertisement

हल्दीबारी गाउँपालिका बाल संजालका अध्यक्ष पवन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पकोशी प्रदेश सभाका सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यता रहेको थियो भने हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको विशेष आतिथ्यता रहेको थियो। हल्दिबारी वडा नं १ वडा अध्यक्ष देवी बहादुर थापा ,२ नं का वडा अध्यक्ष शुकलाल राजबंशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, बालबालिका शाखा प्रमुख तृष्णा मगर, शिक्षा शाखा प्रमुख जनक कुमारी राई लगायतको आतिथ्यता रहेको थियो भने गाउँपालिकाका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

Advertisement

राष्ट्रीय बाल दिवसको नारा “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने विषयमा भएको वक्तित्वकलामा सिग्मा इंग्लिश स्कूल की छात्रा विमला ओलीले प्रथम स्थान हासिल गरेकी थिइन् भने चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालय हल्दिबारी ३ का छात्र विशाल बनले द्वितीय र चिल्ड्रेन गार्डेन हल्दिबारी १ की छात्रा बिनिता बस्नेत ले तेस्रो स्थान हासिल गरेका थिए। कार्यक्रममा प्रथम पुरस्कार १० हजार, द्वितीय ७हजार ५ सय , र तृतीय पुरस्कार ५ हजार वितरण गरिएको थियो रहेको थियो ।

निर्णायकको रुपमा भद्रपुर नगरपालिका कर्मचारी अधिकृत स्तर सातौं मुना श्रेष्ठ, हल्दीबारी गाउँपालिका कर्मचारी बाबुराम ढकाल र भद्रपुर नगरपालिकाकै कर्मचारी अधिकृत स्तर पाँचौं उमा पोख्रेल थिए।

  

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)