हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १८३ र डिजेल १७३ रुपैयाँ पुग्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मटितेल ३ रुपैयाँ बढेको हो ।

Advertisement

बढेको मूल्य शुक्रबार रातिदेखि लागू हुनेछ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले भदौ २९ गते पठाएको नयाँ मूल्यअनुसार निगमले समायोजन गरेको जनाएको छ ।

Advertisement

आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेलमा २ रुपैयाँ ९१ पैसा मूल्य बढेको छ । 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)