हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

विराटनगरका केही स्थानमा आजदेखि दुई महिनासम्म निषेधित

मोरङ-जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाका केही स्थानमा विरोध, जुलुस एवं धर्ना जस्ता कार्यक्रम रोक्नका लागि असोज १ गतेदेखि आगामी दुई महिनासम्म बिहान ६ बजेदेखि लागुहुने गरी निषेधित क्षेत्र तोकेको छ ।

Advertisement

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित आज साँझ जारी गरिएको सूचनामा जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार नगरमा शान्ति सुरक्षा कायम राख्न एवं सुरक्षा जोखिमलाई ध्यानमा राखी सो निर्णय गरेको जनाइएको छ ।

Advertisement

यसरी निषेधित क्षेत्र कायम गरिएका स्थानहरूमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोकदेखि पूर्व रहेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम ती क्षेत्र निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी गराइएको छ । निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवातजावत रोक नभएको सूचनामा उल्लेख गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)