हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

इलाममा कार दुर्घटना, पाँच जना घाइते

इलाम, १ असोज । इलामको रोङ गाउँपालिका ३ कुटिडाँडा छेउमा आज साँझ कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

Advertisement

झापातर्फ फर्कदै गरेको बी.ए.ए. १६९२ नं को कार हिलउड रिसोर्ट छेउको गोलाईमा अनियन्त्रित भई करिव ३ सय मिटर तल झरेको हर्कटे प्रहरी चौकीले जनाएको छ ।

Advertisement

दुर्घटनामा झापा शिवसताक्षी नगरपालिका वडा नं ११ का ३५ वर्षिय मनोज राई , विराटनगर महानगरपालिका वडा नं ७ का ५२ वर्षिय सचिन पोखरेल , सोही ठाउँका २४ वर्षिय अर्जुन महरा , ५७ वर्षिय राजकुमार पौडेल घाइते भएको प्रहरीले जनाएको छ । एकजना घाइतेको नाम खुल्न सकेको छैन । घाइतेहरुलाई उद्धार गरी बीएण्डसी मेडिकल कलेज बिर्तामोड पठाएको प्रहरीले जनाएको छ । फाइल तस्विर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)